arrow

जीप चिप्लीएर भीरबाट खस्दा १ जनाको मृत्यु, ९ घाइते

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ असार २६ मंगलबार
panchtar.png

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका ३ स्थित चैतेभीरमा मँगलबार विहान जीप भीरबाट खस्दा एकजनाको घटना स्थलमै मृत्युभएको छ । मृत्यु हुनेमा च्याङथापुका ३५ वर्षीय कैलाश अधिकारी रहेका छन् ।

दुर्घटनाबाट ९ जना घाइते भएका छन् । याङवरक गाउपालिकादेखि सदरमुकाम फिदिम तर्फ आउँदै गरेको मे १ ज २०५१ नम्वरको जीप विहान ८ वजे याङवरक–३,चैतेभीरबाट खस्दा जीपमा सवार च्याङथापुका ३५ वर्षीय कैलाश अधिकारिको मृत्युभएको पाँचथर प्रहरीले जनाएको छ ।

मध्यपहाडि लोकमार्ग अन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जीप चिप्लीएर २ सय ५० मिटर तल खसेको वताइएको छ । दुर्घटनामा परेका ९ जना मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

 घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । जीपमा १० जना सवार थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ