arrow

डा. केसीको माग हुबहु सम्बोधन हुँदैन : देव गुरुङ

logo
प्रकाशित २०७५ असार २६ मंगलबार

भक्तपुर। नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्दे केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताएका छन् ।   रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भएता पनि मागका बारे केसीले भने जस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनाताको सर्बोच्च निकाय संसदले सम्बोधन गर्ने बताए ।
 
चिकित्सा बिधेककाबारे जुम्लामा अनसनरत गोबिन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उनको स्वास्थ्यका बिषयमा सरकार  पनि गम्भीर रहेको बताए ।

जनताले बिरोध गर्ने अधिकार मौलिक हकम रहेता पनि बिरोध गर्ने निश्चि स्थान तोक्नु सरकारको अधिकारको बिषय भएको उनले बतए । निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले नियर्ण गरेको बताए ।

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्विकृति बिना नै भएको देखिएको र बिधिअनुरुप नभएकाले यस्तो अवस्था श्रृजना भएको उनले बताए । कोइरालाले पनि देशको कानुन भन्दा बाहिर गएर काम गर्न नमिल्ने भन्दै स्विकृति बिना बिदेश भ्रमणमा जान लागेकाले रोक लगाएको उनले बताए ।
 
 पेट्रोलिय पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनु पर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्इ बृद्धि नियन्त्रण गर्न कठिनाई हुने उहाँले बताए । उनले सकराले दक्षिण तर्फ मात्र नभएर उत्तर तर्फ बाट समेत इन्धन खरिदको प्रक्रिया अघि बढाउन पर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ