सामुहिक बलत्कारपछि हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असार २६ मंगलबार
537
Shares
कैलाली । कैलालीको गौरीगंगा नगरपालिका ११ कि २१ वर्षिया माया वि.क.का हत्यारालाई कडा कारबाहीको माग गर्दै सोमबार स्थानीयहरुले मसुरिया बजारमा प्रदर्शन गरेका छन् ।
सयौको संख्यामा जम्मा भएका स्थानीयले बिकको हत्या भएको १३ दिनको तिथिमा श्रद्धाञ्जली सभा गर्दै प्रदर्शन गरेका हुन् । प्रगतिशिल शिक्षक मञ्च कैलालीको आयोजनामा भएको कार्यक्रममा प्रदेश नम्बर ७ का सांसद टेक बहादुर रैका, दुर्गा बिक, गौरीगंगा नगरपालिकाका मेयर भिम बहादुर देउवा, उपमेयर अञ्चला चौधरी लगायत बिभिन्न राजनितिक दलका प्रतिनीधी, निर्बाचित जनप्रतिनीधी, बिभिन्न सरोकारवाला निकायका प्रतिनीधीहरु, बिभिन्न बिद्यालयका बिद्यार्थी, शिक्षक सहित सर्बसाधारणको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले पिडीत परिवार लाई उचित क्षतीपुर्ती सहित अपराधी लाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । सभामा बोल्दै प्रदेश नम्बर ७ का सांसद टेक बहादुर रैकाले अझै पनि दलित समुदाय लाई हेर्ने दृष्टीकोण सुध्रिन नसकेको र हेपाहा प्रबृतिका कारण पनि यस्ता जघन्य अपराध भईरहेको भन्दै सबैभन्दा पहिले दलित भित्रै रहेको छुवाछुत र त्यस पछि अन्य समुदाय बाट हुने जातीय छुवाछुत अन्त्य गर्नुपर्ने बताए । स्वर्गिय माया बिकको हत्यामा संलग्न ५ जना माथी सर्बप्रथम जातीय छुवाछुत ऐन अनुसार कारबाहीसंगै कर्तव्य ज्यान तथा जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाईनु पर्ने र दोषीको अंश सहित क्षतीपुर्ती पिडीत परिवारले पाउनुपर्ने उनले बताए ।
सभामा बोल्दै प्रदेश सांसद दुर्गा बिकले पनि सबैले साथमा साथ र कांधमा कांध मिलाएर यति खेर पिडीत लाई न्याय महसुस गराउने बेला आएको बताए । माया बिक सर्बप्रथम दलित र त्यस माथी महिला भएकै कारण पनि पहुंच नभएकाले निष्पक्ष छानबिन र दोषी लाई प्रचलित कानुन बमोजिम सर्बस्व सहित जन्मकैदको सजाय गराउनमा सरकार कटीबद्ध हुनुपर्ने उहाँको भनाई छ । घटना जघन्य अपराध भएको भन्दै उहाँले यस्ता अपराधी लाई फाँसीको ब्यबस्था कानुनमा गर्न सके मात्र यस्ता अपराध न्युनीकरण हुने बताए । नेपालको प्रचलित कानुनमा जस्तो सुकै अपराधी लाई पनि फाँसीको सजायको ब्यबस्था नभएको स्मरण गर्दै सांसद बि।क।ले समय र जनताको माग लाई ध्यानमा राखेर अब संबिधान संसोधन गर्ने बेला आएको र यस्ता अपराधी लाई फाँसीको ब्यबस्था सहितको कानुन निर्माण गर्न आफुहरुको जोडदार माग रहेको पनि बताए ।
कार्यक्रममै आफ्ना भनाई राख्दै प्रगतिशिल शिक्षक मञ्च कैलालीका अध्यक्ष टेक बहादुर सुनारले सर्बप्रथम अपराधीले माया बिक जातीय हिसाबले दलीत र पहुंचमा कमजोर भएकै कारण घटाना घटाएको बताए । दलित उत्पीडीत महिला लगायतका नाममा धेरै निकायहरुले काम गर्ने भने पनि उक्त घटना बिभत्स तबरको भएर पनि दोषी लाई सजाय र पिडीत लाई न्याय दिलाउन संचार माध्यम र सरोकारवाला निकायले खेल्नु पर्ने पर्ने भुमीका चित्त बुझदो नभएको उनले गुनासो गरे । यो घटना एक मनोबैज्ञानीक असर भएको टिप्पणी गर्दै उनले २१ औं सताब्दीमा यस्ता अमानबीय घटना घट्नुले समृद्ध समाजको कल्पना गर्न नसकिने बताए।
सभामै बोल्दै गौरीगंगा नगरपालिकाका मेयर भिम बहादुर देउवाले माया बिकको घटना निकै नै निन्दनीय भएकाले दोषीको सजाय फाँसी मात्र भए पनि नेपालको कानुनमा फाँसीको ब्यबस्था नभएका कारण पिडीत लाई उचित राहात र दोषी लाई कानुनमा ब्यबस्था भए बामोजीम हदै सम्मको कारबाहि हुनुपर्ने बताए । यस्ता प्रकृतिका अपराधका घटनाले समाज लाई त्रसीत बनाउने भन्दै नगर प्रमुख देउवाले अब कानुन बनाएर यस्ता अपराधी लाई फाँसीको ब्यबस्था गर्नुपर्ने र त्यसका लागी आफुहरुले सक्दो पहल गर्ने पनि बताए ।
गएको १२ गते हराएकी बिक को शब घाँटी र हात बाँधिएको अवस्थामा फेला परेको थियो । गौरींगगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्वेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घर बाट निस्केकी थिईन् । घाँटी र हात बाँधिएको अवस्थामा अर्धनग्न अवस्थामा शब भेटिएकाले बलात्कार पछि हत्या भएको हुन सक्ने आशंकामा आफन्तले घटनाको छानविनको माग गर्दै असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले मायाको जबर्जस्ती करणी पछि हत्या अभियोगमा ५ जना लाई पक्राउ गरी सकेको छ । पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटी रहेका छन् ।