कान्तिपुर र दी काठमाडौं पोष्टका सम्पादकद्वय शर्मा र उपाध्यायले दिए राजीनामा
प्रकाशित २०७५ असार २६ मंगलबार
374
Shares
काठमाडौं। कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्माले दिएको राजीनामा स्वीकृत भएको छ। शर्मासँगै दी काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले दिएको राजीनामा समेत स्वीकृत भएको छ। उनिहरुले मंगलबार सम्पादकीय टिमसँग राजीनामा दिएको बताएर कान्तिपुर मिडिया ग्रुपबाट बाहिरिएका छन्।
इकान्तिपुर डटकम अनलाइन सूचना तथा प्रसारण विभागमा दर्ता र प्रेस काउन्सिलमा सूचिकृत गर्न प्रधान सम्पादकको हैसियतमा रहेका शर्माको स्नातक तह उत्तिर्ण गरेको प्रमाण पत्र व्यवस्थापनलाई उपलब्ध गराउने बिषयमा विवाद बढ्दै जाँदा शर्मा राजीनामा दिने परिस्थितिमा केही समय अघिदेखि नै पुगेको कान्तिपुर स्रोत बताउँछ।
काउन्सिल र विभागले ताकेता गरेसँगै प्रमुख कार्यकारी अधिकृत सम्भव सिरोहिया र शर्मा बिच बिवाद बढ्दै जाँदा शर्माले सम्पादकीय टीमलाई आफूले सोमबार राजिनामा दिएको र अब प्रधान सम्पादकको हैसियतमा आफू नरहेको घोषणा गरेर बाहिरिएका हुन्। शर्मा बाहिरिएसँगै कान्तिपुर दैनिकको कार्यभार तत्कालका लागि सम्पादक हरिबहादुर थापाले सम्हाल्ने बुझिएको छ।
प्रधानसम्पादकलाई जनरल म्यानेजरको मातहत कान्तिपुर मिडिया ग्रुपले राख्ने निर्णय गरेपछि दुवैले राजिनामा गरेको शर्मा निकटहरुले बताएका छन् । भारतीय प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डियाका रजनिशलाई अध्यक्ष कैलाश सिरोहियाले अध्यक्षपछिको बरियता दिदैँ भित्र्याएको चर्चासँगै सम्पादकद्वयको राजीनामा आएको हो।