देश राणा र पञ्चायत भन्दा पनि निरंकुश बाटोमाः शेखर कोईराला
सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादतर्फ लम्कियो
प्रकाशित २०७५ असार २६ मंगलबार
542
Shares
काठमाडौं। नेपाली काँग्रेसका नेता शेखर कोइरालाले मुलुक राणा र पञ्चायती युग भन्दा पनि निरंकुश बाटोमा अग्रासर भएको बताएका छन्।
राजधानीमा मंगलबार बालकृष्ण दाहालद्धारा लिखित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै कोईरालाले बर्तमान सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादर्फ लम्किएकाले प्रजातन्त्रका लागि पुन एकपटक लड्ने दिन आउन लागेको बताए।
‘मुलुक राणा र पंचायतीयुग भन्दा पनि निरंकुश बाटोमा प्रवेश गर्न लाग्दैछ, सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादतर्फ लम्केकाले प्रजातन्त्रका लागि पुन एकपटक लड्ने दिन आउँदैछ,’ कोइरालाले भने ।
उनले सरकारले रेल र पानी जहाजको कुरा गरेर नेपाली जनताको टाउकोमा ऋणको भार बोकाउन लागेको समेत बताए ।
‘हामी रेल र पानीजहाज ल्याएको हेर्न आतुर छौं, तर नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउँन हामी चाहन्नौं,’ कोइरालाले थपे ।
कोइरालाले काँग्रेस गुटबन्दीका कारण ईतिहासमै कमजोर बनेको समेत बताए। उनले विधानसंगत तरिकाबाट पार्टी चलाए मात्रै पार्टी एकता हुने बताए।
कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोईराला,पुरुषोत्तम वस्नेत, डा तुल्सी भट्टराई लगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उमा शर्माको योगदानका बारेमा चर्चा गरेका थिए ।
प्रजातन्त्र सेनानी उमा शर्माले नोना कोईरालाको निधनपछी बिराटनगरस्थित कोईराला निवासको रेखदेख र हेरचाह गर्दै आएकी थिइन । शर्माको २०७३ साल असारमा निधन भएको थियो ।