arrow

ओली सरकार बिरुद्ध दिगम्बर झा सर्वोच्चमा

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
digambar-jha.jpg

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षकाे जिम्मेवारीबाट हटाएपछि दिगम्बर झा सर्वोच्च पुगेका छन् ।झाले सरकारले दिएको अवकाश गैरकानुनी भएको  भन्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । 

उनले आफ्नो कुरा भन्न नदिई प्राधिकरणमा पुन: नियुक्ति भएको केही महिनामै अवकाश दिएको बताएका छन्। उनले दर्ता गरेकाे  रिटकाे पेशी वुधबारलाई ताेकिएकाे छ ।  

५ वर्ष प्राधिरकणको नेतृत्व सम्हालेका झालाई  देउवा सरकारले पुन: जिम्मेवारी दिएको थियो । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उनैलाई फेरि नियुक्त गर्न भन्दै मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए ।

गएकाे असार २० गते बसेकाे मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो। त्यही चपेटामा झा पनि परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ