arrow

थाइल्याण्डको गुफामा थुनिएका सबै १३ जनाको उद्धार

logo
प्रकाशित २०७५ असार २७ बुधबार
cave-boys-freed.jpg

थाइल्याण्ड । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको उद्धार गरिएको छ । थाइल्याण्डको नौसैनिक एक एकाईले सबै १३ जनाकै मंगलबार उद्धार गरिएको जनाएको हो । 

फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । 

लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको छ । 

नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।” 

उद्धार गर्दा चार जनाको आइतबार, चार जनाको सोमबार र मंगलबार पाँच जनाको उद्धार भएको थियो । पाँच जना १७ दिनपछि गुफा बाहिर आएका हुन् । तीन दिने यो विशेष उद्धारको दिनमा विश्वकै ध्यान तानिएको थियो । 

A handout photo made available by Thai Navy Seal Facebook page on 10 July 2018 shows the last four of Thai Navy Seals members, who stayed with the boys and their coach inside a cave until they all were rescued, at the Tham Luang cave in Chiang Rai province, Thailand

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ