arrow

चर्किँदै चीन–अमेरिका व्यापारयुद्ध, अमेरिकाको यस्तो योजना

logo
प्रकाशित २०७५ असार २७ बुधबार
china-us.jpg

काठमाडौं । चीन र अमेरिकाको बीचमा जारी व्यापारयुद्धले ठुलो रुप लिनसक्ने देखिएकाे छ । अमेरिकाले थप दुई खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामग्रीहरुमा आयात कर बढाउने तयारी गरेको हो । आगामी सेप्टेम्बरबाट कार्यान्वयन गर्ने गरी अमेरिकाले चिनियाँ सामग्रीहरुको सूची तयार पारेको हो । 

दुवै मुलुकहरुले एकअर्काका विरुद्धमा ३४ अर्ब डलरबराबरको सामग्रीहरुमा कर लगाउने निर्णय कार्यान्वयन गरेसँगै अमेरिकाले यस्तो तयारी गरेको हो । चीनले पनि अमेरिकाको कर बढाउने निर्णयको विरुद्धमा जवाफी कर बढाएको अवस्थामा थप सामग्रीहरुमाथि कर बढाइने चेतावनी अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिँदै आएका थिए । 

अहिले अमेरिकाले तयार पारेको सूचीमा छ हजार सामग्रीहरु रहेका छन् । जसमा खाद्यान्नका उत्पादनहरु, पौष्टिक आहारहरु र उपभोग्य सामग्रीहरु रहेको बताइएको छ । 

अगष्ट महिनाको अन्तिमसम्मको अवधिमा यो सूचीको विषयमा मानिसहरुको राय बुझ्ने काम हुनेछ र त्यसपछि १० प्रतिशतको कर बढाउने योजना कार्यान्वयनमा आउने बताइएको छ । 

अमेरिकाको यस किसिमको तयारी सार्वजनिक भएसँगै एसियाको सेयर बजारमा उल्लेख्य गिरावट आएको पाइएको छ । विश्वका ठुला दुई अर्थतन्त्र बोकेको मुलुकहरुको बीचमा देखिएको यस किसिमको तनावले विश्व बजार नै प्रभावित हुने अनुमान गरिएको छ । 

अमेरिकाको राष्ट्रपतिको कार्यालयले अहिले तयारी गरिको कर बढाउने निर्णय चीनले गरेको पक्षपाती व्यापारको जवाफ रहेको बताएको छ । 
चीनसँगको व्यापारको क्रममा अमेरिकालाई न्याय नभएको कारण यस किसिमको कर बढाउने योजना ल्याउनका लागि आफूहरु बाध्य भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । 

गत शुक्रबारदेखि दुवै मुलुकहरुले दुवै मुलुकबाट आयात हुने ३४ अर्ब डलरका सामग्रीहरुमा कर बढाउने निर्णय गरेका थिए । अहिले अमेरिका थप १६ अर्ब डलरका सामग्रीहरुमा कर बढाउने विषयमा छलफलको क्रममा रहेको छ । १६ अर्ब डलरका सामग्रीहरुमा कर बढाउने निर्णय भने यस महिनाको अन्तिमबाट कार्यान्वयनमा आउने बताइएको छ । 

अघिल्लो वर्षको विवरणअनुसार अमेरिकामा पाँच खर्बभन्दा बढी चिनियाँ सामग्रीहरु आयात हुने गरेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ