arrow

बगनासकाली गाउँपालिकाले शुरु गर्‍यो शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

logo
सीता डोटेल,
प्रकाशित २०७५ असार २७ बुधबार
Palpa_District.png

पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले सार्वजनिक सुचना जारी गरि निवेदनका आधारमा कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको छ । युवा रोजगारलाई प्रबद्र्धन गर्न कार्यालयले प्रस्ताव माग सहित शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी दिए ।

बेरोजगार हटाउने अभियानलाई गाउँपालिकाले प्राथमिकताका साथ लिएको छ अध्यक्ष बस्यालले भने–दैनिक युवा विदेशिएका छन् गाउँमै स्वरोजगारको लागि यही बर्षदेखि बिना ब्याजमा ऋण दिन थालेका हौ । गाउँपालिकाले यस चालुु आर्थिक बर्षमा ७ लाख रुपँया यस कार्यक्रमलाई बिनियोजन गरेको थियो ।

बगनासकाली वडा नम्बर २ र ३ को युवा कृषक समुहलाई कृषि र पशुपालनका लागि समुहका अगुवा कृषक प्रेम बहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तिर्ण गरेको प्रमाणपत्र धितो राखेर समुहलाई ४ लाख ऋण दिइएको गाउँपालिकाका अध्यक्ष बस्यालले बताए । त्यस्तै वडा नम्बर ९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि १ लाख रुपँया ऋण दिएको छ ।

यसै कार्यक्रम अन्तर्गत वडा नम्बर २ का कृषक भगवान गैरे र दुर्गा पाण्डेलाई लेयर्स कुखुरापालनलाई १ लाख रकम ऋण दिएको छ । सोही वडाका सचिना अधिकारी र अमृता पाण्डेले प्लाष्टिक घर निर्माण गरि तरकारी र माछापालनका लागि १ लाख रकम ऋण लिएका छन् ।

बगनासकाली युवा कृषक समूहलाई सामूहिक रुपमा ऋण रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाले युवा लक्षित अन्तर्गत कृषि विकास र पशु सेवा कार्यक्रमलाई ऋण दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले बताए । शैक्षिक प्रमाणपत्र भएर पनि बेरोजगार रहेका युवाहरुले गाउँमा नै केही व्यबसाय गरि आम्दानी गर्छु भन्ने अठोटले निवेदन दिएपछि छनौट पछि ऋण पाएको अर्यालले बताए ।

गाउँपालिकाबाट लिएको रकमबाट उनीहरुले ३ महिनाभित्र काम सुरु गरिसक्नुपर्नेछ । २ वर्षसम्म व्याज तिर्नु पर्दैन । २ वर्ष भित्रै ऋण चुक्ता गरे ५ प्रतिशत रकम छुट हुने–अर्यालले बताए । बगनासकाली गाउँपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण कार्यक्रम आगामी वर्ष पनि निरन्तरता दिने गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी मगरले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ