arrow

प्रधानमन्त्रीलाई बोहनी स्वरुप एक किलो मार्सी चामल, डा केसीका माग पूरा गरे सबै चामल ओलीलाई 

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
pm-marsi.jpg

काठमाडौं। सत्याग्रही प्राडा गोविन्द केसीका समर्थक र अभियन्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार दिउँसो मार्सी चामल उपहार दिने भएका छन्। दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले एक किलो मार्सी चामल उपहार दिन थालेका हुन्। यसलाई जुम्लीवासीहरुका तर्फबाट ‘बोहनी’ भनिएको छ।

कार्यक्रम डा केसीको अभियानका समर्थकहरुका तर्फबाट गरिएको अभियन्ता विजय शिवाकोटीले बताएका छन्। 

डा केसी अहिले १५ औं पटककाे आमरण अनसनका क्रममा जुम्लामा छन्। उनले कर्णालीमा मेडिकल कलेज खोल्नुपर्ने  तथा मेडिकल शिक्षा पढाइ हुनुपर्ने अडान राखेका छन् । उनले सर्वसुलभ चिकित्सा शिक्षा र सर्वसुलभ चिकित्सा सेवाका लागि लडाइँ लडिरहेका छन्।

यसपटक जुम्लीवासीले पनि गोविन्द केसीका माग पूरा भए जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्। उनीहरुले यदि केसीका माग पूरा भए जुम्ली मार्सी सबै प्रधानमन्त्री ओलीलाई दिने वचन पनि दिएका छन्। जुम्ली राजबहादुर शाहीले भने, ‘प्रधानमन्त्रीले हाम्रा डाक्टरका माग पूरा गरे जुम्ली चामल सबै दिन्छौं।’

डा केसी १३ दिनदेखि आमरण अनसन बस्दा उनको स्वास्थ्य गम्भीर भएकाे छ। माग पूरा नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई दबाब दिन मार्सी चामल दिन लागिएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड मेडिकल व्यवसायी दुर्गा प्रसाईकहाँ मार्सी चामलको भात खाँदै गरेको तस्विर सार्वजनिक भएको थियो । चरेसको थालमा जुम्ली मार्सीको भात खान सौखिन प्रम ओलीलाई अभियन्ताहरूले मार्सी चामल उपहार दिन थालेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ