arrow

उपसभापति निधि र एसिया-अष्ट्रेलिया निर्देशक फिलिपबीच भेटवार्ता

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
Nidhi-philip1.jpg

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संबिधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने हुँदा प्रदेशको पूर्बाधारमा जोड दिनुपर्ने बताएका छन् ।
 
नेपाल भ्रमणमा रहेका फोरम अफ फेडेरेशनस्का एसिया-अष्ट्रेलिया निर्देशक फिलिप गोन्जालेजसंग बिहिबार बिहान कांग्रेस मुख्यालय सानेपामा भएको भेटमा उपसभापति निधिले प्रदेशको पूर्बाधारमा जोड दिएका हुन् । उनले पर्याप्त साधनस्रोत बिना प्रदेश सरकारलाई काम गर्न कठिनाई हुने उल्लेख गरे। प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसंग छलफल र अन्तरक्रिया गरी समृद्धिका आधार खोज्नु पर्ने उपसभापति निधिको भनाई थियो ।
 
उपसभापति निधिसंगको भेटमा फोरम अफ फेडेरेशनस्का एसिया-अष्ट्रेलिया निर्देशक फिलिप गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेशनस्ले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्बाधार र जनप्रतिनिधिको सशक्तिकरणमा जोड दिनुपर्ने उल्लेख गरे। सुशासनका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय सो संस्थामा क्यानाडा, अष्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड लगायतका १० राष्ट्र आबद्ध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ