arrow

कांग्रेस युरोपको जनसम्पर्क समितिमा चरम गुटबन्दी

logo
कुश बस्नेत,
प्रकाशित २०७५ असार २८ बिहिबार

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति युरोपका सबै समितिहरु गुटबन्दीबाट पिडित भई आन्तरिक द्वन्दमा फसेका छन् ।  पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने जनसम्पर्क समितिका नेताहरु दिलबहादुर गुरुङ,गंगाधर गौतम र पूर्णबहादुर हमालले कांग्रेसको विधानमा नभएको संस्था युरो जनसम्पर्क समिति एक तर्फी खोलेर दिल बहादुर गुरुङ सभापति, पूर्ण बहादुर बरिष्ठ उपसभापति र गंगाधर गौतम महामन्त्री भई गत १२ बर्ष देखि  बिना अधिबेसन आफ्ना गतिविधि चलाउदै आएका छन। युरो कांग्रेसलाई नेपाली जनसम्पर्क समन्वय समिति नाम दिएर गुरुङ, हमाल र गौतमले एक तर्फि युरो कांग्रेस चलाएको  वरिष्ठ नेता रामचन्द्र पौडेल र कृण्णप्रसाद सिटौला पक्षका समर्थकहरुले आरोप लगाएका छन् ।  

बिधानमै  नभएको नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समन्वय समिति युरोप बनाई उपसभापति बिमलेन्द्र निधिको प्रमुख अतिथ्यमा २२ जुलाई २०१८ का दिन पोर्तुगालमा हट बलमा अधिबेसन गर्ने तयारीमा भएको छ ।  उक्त दिन नेपाली जनसम्पर्क समिति पोर्तुगलको अधिबेसन रहे पनि पहिला नेपाली जनसम्पर्क समन्वय समिति युरोपको अधिबेसन सकिए पछि नेपाली जनसम्पर्क समिति पोर्तुगलको अधिबेसन गरिने तयारी गरिएको जानकारी अयोजक समितिले जनाएको छ।  तर युरोपमा कार्यरत रहेका १८ वटा जनसम्पर्क समितिका सभापतिहरुलाई पार्टीको बिधान संसोधन गर्न सुझाब सल्लाह संकलनको लागि कांग्रेस उपसभापति बिमलेन्द्र निधिलाई आमन्त्रित गरिएको भन्ने प्रचार गौतमले सामजिक संजाल र मेल मार्फत प्रचार गरेका छन् ।

युरोपमा कार्यरत नेपाली जनसम्पर्क समितिका सभापतिहरुले नेपाल जनसम्पर्क समन्वय समिति युरोप कांग्रेस पार्टीको  बिधानमा नभएकोले यसलाई मान्नु पर्ने कुनै बाध्यता नरहेको बताउदै आईरहेका छन। युरोपमा कार्यरत जनसम्पर्क समितिहरुको अधिकार कटौती गर्न गरिएको षड्यन्त्र भन्दै जनसम्पर्क समितिका सभापतिहरुले यसको बिरोधमा सामुहिक प्रेस बक्तब्य जारी गरी सकेका छन। यसै कारणले गर्दा युरोपका सबै जनसम्पर्क समितिहरुमा धेरै आक्रोस पोखिएको छ ।  नेपाली जनसम्पर्क समितिहरु दुइ ध्रुबमा विभाजित भएका छन।  एक पक्ष  वरिष्ठ नेता रामचन्द्र पौडेल तथा  कृष्णप्रसाद सिटौला र अर्को  देउवा पक्ष आपसमा द्वन्दको अवस्थामा छन् । असन्तुष्ट रहदै आएका  जनसम्पर्क समितिका नेताहरुले पार्टी कार्यालयका मुख्य सचिवले आफूखुसी पत्राचार गरी कांग्रेस जनलाई बिखन्डन गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

 नेपाली कांग्रेसको स्वदेश तथा  बिदेशमा एउटा पार्टीको झन्डा मुनि नेतृत्व दुई भागमा विभाजित भएको छ।  नेपाली जनसम्पर्क समन्वय समिति युरोपको कार्यक्रमलाई  सफल बनाउन सभापति देउवा पत्नी आरजु देउवा,डा. प्रकाशशरण महत र नेविसंघ अध्यक्ष नैनसिंह महरले समेत बारम्बार फोन गरी देउवा पक्षका सबै कार्यक्रताहरुलाई कार्यक्रममा उपस्थित हुन निर्देशन दिएको चर्चा युरोपभर छ ।  देउवा पक्षका नेपाली जनसम्पर्क भारतका सभापति बालकृष्ण पाण्डे, अमेरिका सभापति आन्नद बिष्ट, मकाउका पुर्ब सभापति शुदर्शन थापा मगर समेत कार्यक्रममा सहभागी हुदैछन् ।  दिलबहादुर गुरुङ र गंगाधर गौतमले संसार भर रहका देउवा पक्षका सबै कांग्रेस जनहरुलाई आमन्त्रण गरेका छन ।

कांग्रेस उपसभापति बिमेल्द्र निधिसँग आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल र सांसद नवराज गुरुङ समेत पोर्तुगल तथा  युरोपको भ्रमणमा आउदै छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ