arrow

पाल्पाको भालेवासमा बस दुर्घटना, २७ घाइते

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार २८ बिहिबार

 पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । तानसेन नगरपालिका ८ भालेवास स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा विहिबार एक आपसमा दुई वटा बस ठोक्कि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ७२७२ नम्वरको बस र विपरित दिशाबाट जाँदै गरेको लु १ ख ८१२७  नम्वरको बस एक आपसमा ठक्किदा लु १ ख ७२७२ नम्वरको बस सडकबाट १० मिटर तल खस्दा चालक सहित बसमा सवार २७ जना घाइते भएका हुन ।

घाईते  २७ जना मध्ये   गम्भीर रहेका तीन जनालाई  लुम्बिनी मेडिकल कलेज प्रवासले काठमाडौं रिफर गरेको छ भने नौ जनाको उपचार पछि घर पठाइएको प्रहरीले जनाएको छ । रिफर गरिएका गम्भीर घाइतेहरुमा तानसेन नगरपालिका ८ का ३६ वर्षीय विष्णुबहादुर मल्ल, बगनासकालि १ निवासी ५६ वर्षीय विमला रेग्मी र रुपन्देहीकी ६८ वर्षीय उमामाया पराजुली रहेका छन् ।

त्यस्तै बाग्लुङ्गकी सुजता काउँछा, तानसेन १ बराङदीका घनपति बस्याल, पर्सा पवासिपुर गाउँपलिकाका रामचन्द्र राम, भारतको जिल्ला मोतिहारीका यमवि मञ्नु, रुपन्देहीका प्रेम बहादुर रोक्का, रुपन्देहीकै बलराम रोक्का, सिद्धार्थ नगरपालिकाकी लक्ष्मि थारु, सिद्धार्थ नगरपालिकाकै पमिला काहार र गुल्मी विशुखर्कका शुसान्त हमाल उपचार पछि घर पर्किएका छन् ।

अन्य घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ र उनीहरुको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले   जानकारी दिए । लु १ ख ८१२७ नम्वरको बस भने सडकको नालिमा पल्टिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ