arrow

तारानाथ दाहाल स्वतन्त्रता सेनानी पुरस्कारबाट सम्मानित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ असार २८ बिहिबार
taranatha_dahal.JPG

पाँचथर ।  नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दालाललाई यसवर्षको स्वतन्त्र सेनानी सम्मान पुरस्कारबाट सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा पाँचथरले हरेक वर्ष प्रदान गर्ने सेनानी सम्मान पुरस्कार बिहिबार फिदिममा एक समारोहकाविच यसवर्ष दाहाललाई सम्मान गरिएको हो ।

सम्मान पत्रसहित पुरस्कार राशि २२ हजार २ सय २२ रुपैँया रहेको छ । यसअघि यो सम्मान पुरस्कार पहिलोपटक महासंघका पूर्व सभापति विष्णु निष्ठुरीलाई प्रदान गरिएको थियो । त्यसपछिका वर्षमा महासंघका पूर्व सभापतिहरु शिव गाउले र किशोर नेपाललाई पुरस्कार तथा सम्मान गरिएको थियो । पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताको लागि महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारलाई उक्त  पुरस्कार तथा सम्मान प्रदान गरिंदै आएको छ ।

यस्तै सोहि समारोहका विच महासंघ शाखा पाँचथरबाट हरेक वर्ष वितरण हुने स्व. हरिचरण भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार पाँचथरकि पत्रकार राधा गौतमलाई प्रदान गरिएको छ । स्थानिय रेडियो मितेरीमा आवद्ध गौतमलाई पाँच हजार पाँच सय ५५ रुपैँया पुरस्कार राशि सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै महासंघ शाखा पाँचथरको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने विपि सामुदायिक वन फिदिम, फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुद्धत सुवेदी, तत्कालिन जिल्ला वन कार्यालय प्रमुख दिवेशमणि त्रिपाठीलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो।

पुरस्कृत तथा सम्मानित दाहालले पत्रकारहरुले पत्रकारितालाई वढिभन्दा वढि विश्वसनिय र व्यावसायिकतामा जोड दिएर अन्यायको खबरदारि गर्ने समाजलाई सहि दिशामा हिडाउनका लागि निगरानि गर्न सहि सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

दाहालले विचार तथा अभिव्यति स्वतन्त्रताको कुरामा राज्यले अङकुस लाग्ने खालका कानुन नल्याउनपनि आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, र प्रमुख अतिथीको आसनबाट जिल्ला सवन्वय समिती पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटाले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ