arrow

बुद्धभूमिको बजेट ७३ करोड ६३ लाख

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ असार २८ बिहिबार
buddha-bhumi.jpg

कपिलवस्तु। बुद्धभूमि नगरपालिकाले ७३ करोड ६३ लाख ७८ हजार बराबरको बजेट सार्वजनिक गरेको  गरेको छ । आर्थिक बर्ष ०७५-०७६ का लागि नगरपालिकाले वजेट बिहिवार  विनियोजन गरेको हो ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले तेस्रो नगरसभामा प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । नगर प्रमुख श्रेष्ठद्धारा प्रस्तुत बजेट अन्तर्रगत चालु खर्च तर्फ ४४ करोड ३२ लाख ७२ हजार र पूजीँगत खर्च तर्फ २९ करोड ३१ लाख छुट्याइएको छ । जसमा पूजीगत खर्च तर्फ विकास तथा समृद्धिका लागि आर्थिक विकास, समाजिक विकास, भौतीक पूर्वाधार, संस्थागत विकास तथा क्षमता अभिबृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको छ ।बजेटमा आर्थिक विकास तर्फ ४ करोड ४५ लाख ६२ हजार, समाजिक विकास शिक्षा तर्फ १६ करोड ८२ लाख ९३ हजार, स्वास्थ्य तर्फ ३ करोड ७४ लाख ३५ हजार, १० वटै वडाहरुको लागि वडा स्तरीय योजनाका लागि ६ करोड ५० लाख, खानेपानी तथा सरसफाइका लागि ६० लाख, पुरातत्व, प्राचिन स्मारक र संग्राहलयको संरक्षण, मठ मन्दिर मर्मत सम्भार, पूर्वधन र विकास कार्यक्रम तर्फ १ करोड १५ लाख, खेलकुद तर्फ ८६ लाख विनियोजन गरेको नगर प्रमुख श्रेष्ठले बताए ।

यस्तै समाजिक सुरक्षा भत्ता तर्फ १० करोड ९९ लाख ३ हजार, नगरस्तरिय ठूला पूर्वाधार तर्फ ८ करोड, नगरस्तरिय मझौला पूर्वाधार तर्फका विभिन्न सडक तथा संरचनाका लागि ४ करोड ५० लाख, सिंचाई योजनाका लागि १ करोड १५ लाख, विपद् जोखिम न्यूनिकरण गर्न र गरिवहरुको जीवनस्तर उकास्नका लागि २५ लाख, नगरभित्र २ सय जना अट्ने बहुउद्देश्यिय सभाहल निर्माणका लागि ६० लाख लगायतका विकास निर्माणमा बजेट विनियोजन भएको छ ।

नगर प्रमुख श्रेष्ठले प्रस्तुत बजेटको सही कार्यान्वयनमा सबैको साथ अनिवार्य रहेको बताए  । जनताको चाहना धेरै रहेको र बजेटको आकार साना भएकोले सबैको मन जित्न नसके पनि बजेटले सबै क्षेत्रलाई समेट्ने कोशिस गरेको बताए ।  साथै नगरपालिकामा बुद्ध परिपथ निर्माण गर्नको लागी गुरुयोजना तयार गरि रिग रोड बनाउनको लागी समेत कार्यक्रम तयार भएको बताए ।

नगरकी उप प्रमुख मिरा चौधरीले नगरको बजेट सर्बसम्मत रुपमा अएकोले अब कार्यान्वयन पक्ष तिर लाग्नुपर्नेमा जोड दिइन  ।  प्रमुख प्रशासकीय अधिकृत मेघनाध पाध्याले चालु आर्थिक बर्ष सञ्चालित योजना मध्ये पूजीगत खर्च हाल सम्म ९२ प्रतिशत सम्पन्न भएको बताए  । बजेट सार्वजनिक कार्यक्रमको सञ्चालन शाखा अधिकृत केशव भट्टराईले गर्नुभएको थियो । बुद्धभूमि नगरपालिकाले गत असार १० गते नै बार्षिक निति तथा कार्यक्रम सार्वजनीक गरेको थियो । नगरपालिकाले यस बर्षको नारा खुसी नगरबासी, सम्बृद्ध बुद्धभूमि ल्याएको छ ।  साथै सभाले ८ वटा विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ