arrow

टरेको छैन बाढी पहिरोको खतरा, सतर्क रहन आग्रह

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
flood-alert.jpg

काठमाडौं । बाढी पहिरो र जनधनको क्षतिको खतरा अझै टरेको छैन । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म भारी वर्षा हुने जनाएको छ । त्यसैगरी बाढी पूर्वानुमान शाखाले नदीहरुमा पानीको बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । 

शाखाले शुक्रबार कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीहरुमा बहाब बढ्दो क्रममा हुने तर खतराको तह भन्दा तलै हुने अनुमान गरेको छ । 

पूर्वानुमान शाखाले शनिबार भने प्रायः सबै नदीहरूमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने अनुमान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ