arrow

ट्रम्पको अर्को झटारो, भन्छन् –बेलायतसँग व्यापारिक सम्झौता हुन सक्दैन

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको युरोपियन युनियन (ईयू)बाट बहिर्गमन (ब्रेजिक्ट)को योजना अघि बढिरहेको अवस्थामा अमेरिकासँग कुनै पनि व्यापारिक सम्झौता हुन नसक्ने बताएका छन् । 

बेलायत भ्रमणको क्रममा रहेका ट्रम्पले यदि ब्रेजिक्टको योजना जारी रहेको अवस्थामा आगामी दिनमा बेलायतभन्दा पनि ईयूसँग नै प्रत्यक्ष वार्ताको संकेत गरेका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रपति भएपछि पहिलो बेलायत भ्रमणको क्रममा छन् । यस्तोमा बेलायतसँग अमेरिकाको महत्वपूर्ण व्यापार सम्झौता हुनसक्ने बताइएको थियो । 

बेलायती प्रधानमन्त्री थेरेसा मेले भने ब्रेजिक्ट अमेरिका र बेलायतको सम्बन्ध विस्तारको महत्वपूर्ण अवसर हुनसक्ने बताएकी थिइन् ।

ट्रम्प विहीबार बेलायत पुगेका हुन् । ट्रम्पले बेलायती प्रधानमन्त्री मेसँग ब्रेजिक्टको लागि आफ्नो याेजना सुनाएका थिए तर सो याेजनामा अघि बढ्नका लागि बेलायती प्रधानमन्त्रीले नमानेको कारण बेलायतसँग अमेरिकाको व्यापारिक सम्झौता हुने सम्भावना क्षीण बनेको हो । उनी तीनिदने भ्रमणका लागि बेलायत पुगेका हुन् । 

बेलायतमा अमेरिकी राष्ट्रपतिको भ्रमणविरुद्धमा विरोध प्रदर्शन पनि भइरहेको छ । गत साता बेलायत र ईयूको बीचमा ब्रेजिक्टको केही महत्वपूर्ण सम्झौताहरु भएको थियो तर यो सम्झौतापछि बेलायतका प्रमुख ब्रेजिक्ट अधिकारीहरुले राजीनामा दिएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ