arrow

चुनावका बेलामा इमरान खानलाई पत्नीको संगीन आरोप

समलिंगी इमरानका दुनियाँभर दर्जनौं बच्चा

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
imran-khan.jpg

काठमाडौं । पाकिस्तानमा हुँदै गरेको चुनावका बेलामा पूर्व क्रिकेटर एवं राजनेता इमरान खान पत्नीको संगीन आरोपमा फसेका छन् । 

पाकिस्तान तहरिक ए इन्साफ पार्टीका प्रमुख इमरान खान चुनावका बेलामा विपक्षीबाट आरोप प्रत्यारोप खेप्ने क्रममा यसपटक आफ्नै पूर्व श्रीमती रेहम खानको चपेटामा परेका हुन् । 

यतिमात्र हैन उनकी पत्नीले उनलाई समलिंगी भएको आरोपसमेत लगाएकी छिन् । इमरान लामो समयसम्म अन्य पुरुषसंग ‘लिभ इन टुगेदरमा रहेको पनि उनले बताएकी छिन् । 

इमरानकी पूर्वपत्नीले आफ्नो पुस्तकमा सनसनीपूर्ण खुलासा गर्ने क्रममा इमरानबारे नयाँ जानकारी दिएकी हुन् । 

उनकी पूर्व पत्नीले आफ्नो पार्टीका थुप्रै कार्यकर्तासंग शारीरिक सम्बन्ध रहेको समेत खुलासा गरेकी छिन् । 

उनले इमरानलाई ड्रग एडिक्ट भएको पनि बताएकी छिन् । उनले इमरानलाई थुप्रै भ्रष्टाचारको आरोप पनि लगाएकी छिन् । 

पाकिस्तानमा जुलाई २५ तारिखमा आम निर्वाचन हुँदै गर्दा यो खुलासाले इमरानलाई ठूलै असर पर्न सक्ने बताइएको छ । इमरानका विरोधी दलका लागि यो मसला ठूलै सहारा बनेको छ । 

उनकी पत्नीले दुनियाँभरमा इमरानका दर्जनौं बच्चा भएको आरोप लगाएकी हुन् । उनले भारतमा इमरानमा कम्तीमा पाँच बच्चा एको आरोप लगाइन् । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ