arrow

अमेरिकासँगको व्यापारिक तनावकाबीच व्याजदर बढाउने क्यानडाको निर्णय

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
national-bank-caneda.jpg

एजेन्सी। अमेरिकासँगको व्यापारिक तनाव कायम रहेको अवस्थामा क्यानडाको केन्द्रीय बैंकले क्यानडाको व्याजदर बढाउने निर्णय गरेको छ। क्यानडाले व्याजदरको एक दशमलव २५ बाट बढाएर एक दशमलव ५० प्रतिशतमा पुर्याउने निर्णय गरेको हो।

अमेरिकाले मेक्सिको र क्यानडामाथि आफूलाई सहज हुने किसिमको उत्तर अमेरिकी व्यापार सम्झौताका लागि दबाब दिइरहेको छ। अमेरिकाले यस वर्षको सुरुवातमा क्यानडाबाट आयात हुने स्टिलमा २५ प्रतिशत तथा अल्मुनियमका उत्पादनहरुमा १० प्रतिशतको कर बढाउने निर्णय गरेको थियो। साथै अमेरिकाले क्यानडाबाट आयात भएका कारहरुमा पनि कर बढाउने चेतावनी दिएको थियो। 

अमेरिकाले क्यानडाबाट आयात हुने सामग्रीहरुमा कर बढाउने चेतावनी दिइसकेको र केही मात्रामा यो काम सुरु पनि गरिसकेको कारण क्यानडा र अमेरिकाबीचको व्यापारमा तनाव देखिएको हो। अमेरिकाको यस किसिमको नीतिको कारण क्यानडाको अर्थक्षेत्रमा नकारात्मक असर पर्ने बताइएको छ।

अमेरिकाले कर बढाउने नीति थप विस्तार हुने सम्भावना रहेको कारण यसले थप नकारात्मक किसिमको असर पार्नसक्ने अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार क्यानडाको लागि मात्र नभएर समग्र विश्वको लागि अमेरिकाको यो नीति घातक हुनसक्छ।

केन्द्रीय बैंकले विश्वको समग्र अर्थतन्त्रमा सन् २०१८ को समग्र अवधिमा तीन दशमलव ७५ प्रतिशतको वृद्धिदर हासिल हुने र सन् २०१९ मा तीन दशमलव ५ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरेको छ। अहिले बढाइएको व्याजदरले क्यानडाको मुद्रास्फीतिदरको नतिजालाई लक्ष्यको हाराहारीमा पुर्याउनसक्ने अधिकारीहरुको भनाइ छ। 

तथ्यांक विभागले पछिल्लो विवरणअनुसार क्यानडाको आर्थिक क्षेत्रमा लगाताररुपमा सुधारआइरहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ