arrow

कान्तिपुरमा नारायण वाग्लेको पुनरागमन

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
wagle.jpg

काठमाडौं । नेपालको प्रमुख राष्ट्रिय दैनिक कान्तिपुरमा पत्रकार नारायण वाग्लेको पुनरागमन भएको छ। प्रधान सम्पादक सुधिर शर्माले राजिनामा दिएपछि नारायण वाग्ले कान्तिपुरका प्रधान सम्पादकमा नियुक्त भएका हुन्।

यसअघि पनि कान्तिपुरका प्रधान सम्पादक भैसकेका वाग्लेले कान्तिपुर छोडे पछि सुधिर शर्मा कान्तिपुरका प्रधान सम्पादक भएका थिए।

नेपाली पत्रकारितामा लामो अनुभव संगालेका वाग्लेले ज्ञानेन्द्र शाहको शाहीकालमा राजाको शासनको बिरोध गर्दै कान्तिपुरलाई लोकतान्तत्रिक धारमा उभ्याएका थिए।

लोकतन्त्रकालागि लडिरहने वाग्लेको कलम साहित्यमा पनि चल्ने गरेको छ। उनको पल्पसा क्याफेले कुनै समय बजारमा हलचल ल्याएको थियो। उनी राम्रा स्तम्भकारका रुपमा पनि परिचित छन्। उनको 'कफी गफ' भन्ने स्तम्भ पनि चर्चित रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ