arrow

दशौँ हजार बेलायती ट्रम्प विरोधी प्रदर्शनमा सहभागी

logo
प्रकाशित २०७५ असार ३० शनिबार
london-protests-trump-2018.jpg

लण्डन। बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन्। बेलायतको यूरोपेली यूनियन (इयू) बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ।

“ट्रम्पलाई पदबाट हटाऔँ,” “यो ट्रम्प विरोधी उत्सव हो,” “मेरी आमाले तिमीलाई मन पराउन्नन् ! र उनले सवैलाई मन पराउछिन्।” जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारी अक्र्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए। “प्रदर्शनकारीले ट्रम्प नभए उन्नाइसौँ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, अमेरिका फाँसीवादी हुँनेछैन।” जस्ता नाराहरू लगाइएका थिए।

केही प्रदर्शनकारीले भाँडाहरू ठटाउँदै विरोधमा सहभागिता जनाएका थिए भने केहीले विगुल फुकेर विरोध जनाएका थिए। केहीले ट्रम्प अघि नबढ भन्दै सुन्तला रङका बेलुन समातेर जुलुसमा सहभागिता जनाएका थिए।

एक महिलाले गुलावी रङको ‘पुसी ह्याट’ लगाएर शुरु गरिएको प्रदर्शनमा “ट्रम्प विरोधी एकता” गठबन्धनका रूपमा अन्य सहभागीले शहरका विभिन्न भागबाट भाग लिएका छन्।

प्रदर्शनका सहभागी सबैले अमेरिकी राष्ट्रपति ट्रम्पको बे्रक्जिटबारे आएका प्रतिक्रियाको खुलेर कडा शब्दमा विरोध जनाएका छन्। एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ