arrow

पाकिस्तानको निर्वाचन प्रचारको र्‍यालीमा आत्मघाती आक्रमण, कम्तीमा १२८ को मृत्यु

logo
प्रकाशित २०७५ असार ३० शनिबार
pakistan2.jpg

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा निर्वाचनको प्रचारको एक र्‍यालीमा आत्मघाती आक्रमण भएको छ । यो आक्रमणमा परी कम्तीमा १२८ जना मानिसहरुको ज्यान गएको छ । 

पाकिस्तानमा भएको यो आक्रमण सन् २०१४ यताकै सबैभन्दा धेरै मानिसहरुको ज्यान जाने गरी भएको आक्रमण हो । प्रहरीले दिएको जानकारीअनुसार मास्टुङ सहरमा भएको यो आक्रमणमा परी एक स्थानीय उम्मेदवारको पनि ज्यान गएको छ । आतंकवादी संगठन आईएसले यो आक्रमणको जिम्मेवारी लिएको छ । 

यो आक्रमणमा पनि १५० जनाभन्दा बढी मानिसहरु घाइते भएको बताइएको छ । यसअघि उत्तरी सहर बन्नुमा भएको सोही किसिमको आक्रमणमा परी ४ जना मानिसहरुको ज्यान गएको थियो । जुलाई २५ मा पाकिस्तानमा आम निर्वाचन हुन गइरहेको छ । 

आईएसले अफगानिस्तान तथा पाकिस्तानमा पछिल्लो समय लगाताररुपमा आत्मघाती आक्रमणहरु गर्दै आएको छ । गत मंगलबार पनि पाकिस्तानको पेसावरमा निर्वाचन प्रचारको क्रममा भएको आक्रमणमा परी २२ जना मानिसहरुको ज्यान गएको थियो । यो आक्रमणको जिम्मा भने तालिवानले लिएको थियो । पाकिस्तान सरकारले निर्वाचन प्रचारको क्रममा भइरहेको आक्रमणहरुलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरुको संख्या बढाइएको बताएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ