arrow

महाशाखा प्रमुख पौडेलको शव सेतीनदी किनारमा भेटियो

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७५ असार ३० शनिबार
Dead_Body.jpg.jpeg

तनहुँ । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव शनिबार बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो ।
 
असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन् ।

सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिए । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरिएको सई कार्कीले बताए ।

शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ । पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ