arrow

२२ दिनअघि हराएका महाशाखा प्रमुखको यस्तो छ सुसाइट नोट

logo
प्रकाशित २०७५ असार ३० शनिबार
om-raj.jpg

पोखरा। २२ दिनअघि हराएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव फेला परेको छ । शनिबार तनहुँ जिल्लाको  भिमाद नजिक सेती नदिमा घोप्टिएको अबस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। पौडेल यहि असार ९ गते बिहानदेखि हराईरहेका थिए ।

घरबाट हराउनु अघि पौडेलले परिवारलाई सम्बोधन गर्दै छोटो सुसाइट नोट लेखेका थिए । सुसाइट नोटमा उनले '  कठै उर्मिला तिमिले यति धेरै  माया दिदा पनि जीवन भर साथ दिन सकिन । ३ वटा कोपिला तिम्रो जिम्मामा छोडेर जादै छु । राम्रोसँग बसे, चारै जना अलबिदा' लेखेका छन् ।

शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरेको थियो । शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ । पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन् ।

सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिए । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरिएको सई कार्कीले बताए ।

शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ । उनको शब फेला नपरेसम्म उनको बारेमा अनेक अड्कलबाजी गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ