arrow

डा. केसीले नेविसंघ महामन्त्रीलाई सोधे - नेपालमा अहिले सरकार छ र ?

logo
प्रकाशित २०७५ असार ३० शनिबार
nsu-dr.kc_.jpg

काठमाडौं । सत्याग्रहमा रहेका डा. गोविन्द केसीले नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई नेपालमा अहिले  सरकार छ र ? भन्ने प्रश्न गरेका छन् । डा. केसीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भेट्न पुगेका महामन्त्री काफ्ले सहितका नेविसंघका पदाधिकारीलाई डा. केसीले सो प्रश्न गरेका हुन् ।

नेविसंघले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा देश र जनताका लागि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको नेविसंघको प्रतिनिधि मण्डलले डा. केसीलाई भेटि संघका तर्फबाट ऐक्यवद्धता जनाएको हो ।

नेविसंघ महामन्त्री काफ्लेसँग उपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघ बाके जिल्ला अध्यक्ष पुर्ण आचार्य, नेविसंघ डडेलधुराका नेता दुर्गा कापडिसहितका विद्यार्थी नेताहरु जुम्ला पुगेका हुन् । उनिहरूले सरकारसँग वार्ताको विषयमा जिज्ञासा राख्दा डा. केसीले हास्दै भने, ' नेपालमा अहिले  सरकार छ र ?'

नेपाल महिला संघले डा. केसीको आन्दोलनमा समर्थन जनाएको छ । डा. केसीको आन्दोलनमा समर्थन जनाउदै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ताला लगाउन पुगेका नेपाल महिला संघका पदाधिकारीलाई डा. केसीले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ताला नलगाउन आग्रह गरेका छन्  । उनले आफ्नो आन्दोलनमा समर्थन गर्न तर ताला नलगाउन आग्रह गरेको जुम्लाका हाम्राकुरा संवाददाताले जनाएका छन् ।   

डा. केसीको आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै र सरकारले तोकेको निषेधाज्ञाको बिरोधमा यसअघि नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा समेत तोडेको थियो । काठमाडौं लगायत देशका विभिन्न ठाँउमा नेविसंघले बिरोधका कार्यक्रम गर्दै आएको छ । डा. केसीको समर्थनमा नेविसंघले आफ्नो आन्दोलनका सबै कार्यक्रमलाई अगाडि बढाउने बताएको छ ।      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ