arrow

नगरपालिकाको केन्द्र सार्ने बिषयमा बिबाद, दुई प्रहरीसहित सात घाईते

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार ३० शनिबार
bajhang_district_map.png

बझाङ। बझाङ जिल्लाको बुङगल नगरपालिकाको केन्द्रको बिषयमा बिबाद हुदा दुई प्रहरी सहित सात जना घाईते भएका छन् । शनिबार नगरपालिकाको कार्यालय बुङगल नगरपालिका ४ बिजगडाबाट झापा सार्ने भन्ने बिषयमा बिवाद पछि ढुङगामुढा हुँदा प्रहरी निरिक्षक जनक धामी लगायत सात जना घाइते भएका हुन ।

केही स्थानीयबासीले झापामा केन्द्र सार्नुपर्ने माग गरिरहेका र केही स्थानीयले बिजगडामा नै यथावत हुनुपर्ने भन्दै आएको भएपनि शनिबार बिहान नगरपालिकाको नगर सभाबाट बिजगडा र  झापाको बिचमा रहेको हाटकोटमा सार्ने सर्बसम्मत निर्णय गरेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन्। साबिकको दहबगर गाबिस र साबिककेे खिरातडी गाबिसका स्थानीयबासीले नगर सभाले गरेको निर्णय बिरुद्घ नारावाजी सहित ढुङ्गा मुडा गरेपछि प्रहरी निरिक्षक जनक धामी प्रहरी सहायक निरिक्षक गंगा बोहरा, बुङगल नगरपालिका ४ बस्ने दिपकराज जोशी, सोही वडामा बस्ने बिष्णु कुंबर,  बुङगल नगरपालिका ५ बस्ने केशब नाथ सोही वडामा बस्ने धनराज जोशी र ६ बस्ने शुरेश भण्डारी घाईते भएका छन्। 

भौगोलिक हिसाबले नगरपालिकाको कार्यालय हाटकोटमा  केन्द्र हुने भन्दै नगरसभाले सर्बसम्मत निर्णय गरेपछि आक्रोशित भएका स्थानीयबासीहरुले बिजगडा नै उपयुक्त भएको अडान राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

नगरपालिकाको कार्यालय नसार्न बारम्बार आग्रह गर्दा पनि नमाने पछि यस्तो अबस्था आएको हो स्थानीय अक्कल कुबरले भने राज्यको पुनः संरचना हुदा देखि नै बिजगडा केन्द्र हुनुपर्ने भन्दै साबिकको जिल्ला बिकास समिती, सर्बदलिय सर्बपक्षिय बैठकमा समेत ज्ञापनपत्र बुझाएका थियौ र आज यस्तो अबस्था आएको आयो ।

भौगोलिक हिसाबले उता साबिकको कफलसेरी गाबिस, पिपलकोट गाबिस, देउलीकोट र खिरातडी दहबगरलाई हेर्ने हो भने सबैलाई उपयुक्त हुने स्थान हाटकोट हो नेपाली काग्रेसका नेता प्रताप गुरुधामीले भने केही स्थानीय पहिले देखी झापा भन्दै आएका थिए र केही स्थानीय बिजगडा भन्दै आएका थिए तर नगर सभाले त दुबै स्थानको केन्द्र हाटकोटमा गर्ने निणर्य गरेको हो ।

स्थानीय केही नेताहरुले स्थानीयबासीलाई उठाएर स्थानीय सरकारको बदनाम गर्ने उदेश्यले हो । उनले भने दुबैका लागी चित्त बुझ्दो निर्णय नगरसभालेे गरेको हो खाली अनावश्यक बखडा झिक्नु बेकार हो ।

कार्यालय सार्न खोज्दा स्थानीयहरुले नगर कार्यालय घेराउ गरेको र प्रहरीले रोक्न खोज्दा झडप भएको स्थानीय जय कुबरले बताए । नगरपालिकाको कार्यालय सार्न खोज्नु राम्रो होईन ईलाका स्तरका सबै सरकारी कार्यालय र संरचनाा समेत बनि सकेकाले बिजगडाबाट सर्न नहुने उनले बताए । नगर कार्यालय सार्ने क्रममा विवाद भएको खबर आएकाले  प्रहरी नायब उपरिक्षक सहित ५० जनाको टोली घटनास्थलतिर गएको  प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँबरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ