arrow

ओली सरकार दुई तीहाईको भारी थेग्न नसकी आफै ढल्छः धनराज गुरुङ

logo
भवानी प्रसाद भण्डारी,
प्रकाशित २०७५ असार ३० शनिबार
dhanraj-gurung-achham.jpg

अछाम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्रीले सुशासनको नाम जप्दैमा भ्रष्टाचार कम नहुने बताएका छन्। अछामको साँफेबगरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रधानमन्त्रीले आफ्नै मातहतका मन्त्रीहरुले गरेको भ्रष्टाचारमा मौनता साँधेको बताए। 

सुसासनको नारा लगाउने वर्तमान सरकाले आफैबाट सुसासनको सुरुवात गर्नुपर्ने गुरुङले बताए। उनले राष्टबादी नेताहरुको चर्तिकला एकपछि अर्को पर्दाफास हुँदै जाँदा सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको दावी गरे।

सर्वहारा वर्गका नेताहरु पछिल्लो समयमा विलासितातर्फ उन्मुख भएको नेता गुरुडको भनाई छ। दुई तिहाईको बहुमतद्धारा गठित सरकार आफ्नो लक्ष्य भन्दापनि मनपरी ढंगबाट अघि बढेर जनतालाई दुख दिने काम गरेमा नेपाली काँग्रेस चुप लागेर नबस्ने उनले बताए।

वर्तमान सकार दुई तिहाईको दम्भ देखाएर हिडेको भन्दै गुरुङले यस्तै गतिविधी गरे आफ्नै बहुमत थेग्न नसकी सरकार आफै ढल्ने ठोकुवा गरे। 

नेपाली काँग्रेसले डाक्टर गोविन्द केसीलाई आन्दोलनको माध्यम बनाएको नेकपाका नेताहरुको आरोपको खण्डन गर्दै गुरुङले डाक्टर केसीले कसैको ईसारामा अनसन नबसेको बताए। सरकारले केसीका माग पुरा गर्नुपर्ने उल्लेख गर्दै गुरुङले गोविन्द केसीसँग विभिन्न पटक भएको सम्झौता कार्यान्वयन हुन नसक्नुमा कुनै एक पाटी मात्र दोषि नभई काँग्रेस, नेकपा सबै पार्टी दोषि रहेको स्विकारे।

वर्तमान सरकारले जनविरोधी गतिविधी गर्दै गएमा नेपाली काँग्रेसले सदन र सडक दुबै ठाउँमा आन्दोलनमा उत्रने उनले बताए। 

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवन परियारले अछामलाई समृद्धि तर्फ लैजान यूवाहरुलाई पर्यटन, उर्जा र कृषितिर उन्मुख गराउनु पर्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ