arrow

प्रधानमन्त्री ओलीले उपकुलपति कोइरालालाई जान रोकेको सम्मेलनको निर्णयः १९औं विश्व संस्कृत सम्मेलन नेपालमै

logo
प्रकाशित २०७५ असार ३० शनिबार
Pro.-Dr_.-Kul-Prasad-Koirala_.jpg

काठमाडौं। क्यानडाको भ्यानकुवर नगरको युविसीमा भएको विश्व संस्कृत सम्मेलनले १९औं विश्व संस्कृत सम्मेलन नेपालमा गर्ने घोषणा गरेको छ। शनिवार सम्पन्न भएको कार्यक्रममा सन् २०२४ मा नेपालमा १९औं विश्व संस्कृत सम्मेलन हुने घोषणा गरेको हो। 

सम्मेलनमा गएका नेपाली प्रतिनिधि मण्डलका सदस्य केशव कोइरालाले दिएको जानकारी अनुसार नेपालको तर्फबाट नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा डा काशीनाथ न्यौपाने विश्व संस्कृत समितिको कार्य समितिमा मनोनयन भएका छन्।

सम्मेलनमा नेपालका तर्फबाट प्रा डा काशीनाथ न्यौपाने, प्रेम न्यौपाने र केशव कोइरालाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेको वाल्मीकि विद्यापीठका प्राचार्य डा गणेश घिमिरेले जानकारी दिए।

यहि कार्यक्रममा सहभागी हुन क्यानडा जान लागेका संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रधानमन्त्रीको ठाडो निर्देशनमा त्यसतर्फ जान रोक्ने उद्धेश्यले बालुवाटारमा लगेर एक घण्टा राखिएको थियो।

क्यानडा जाने फ्लाइट काठमाडौंबाट छुटेपछि मात्र उनलाई प्रधामन्त्रीलाई समेत भेट्न नदिइ बालुवाटारबाट पठाइएको थियो। 

विश्वविद्यालयका उपकुलपति जस्तो प्राज्ञिक व्यक्तिलाई सत्ताको दुरुपयोग गरि अपमान गरिएकोमा नेपालको लोकतन्त्रवादी र स्वतन्त्रता प्रेमीहरुले प्रधानमन्त्रीको कदमको आलोचना गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ