arrow

बाह्रविसे–तातोपानी सडकखण्ड अझै सञ्चालनमा आउन सकेन

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
road.jpeg

चौतारा । अविरल वर्षासँगै पहिरो जान थालेपछि त्रिपुरासुन्दरी गाउँपालिका–२ घोर्थलीका चार घर विस्थापित भएका छन् भने अन्य सात घर उच्च जोखिममा परेका छन् । 

विस्थापितमध्ये दुई परिवारले आफन्तकोमा आश्रय लिएको र दुई परिवार सुरक्षित स्थानमा टहरो बनाएर बसेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

गत बिहीबार राति परेको पानीसँगै माथिबाट लेदो बगेर आएको र तलबाट पहिरोले तानेपछि अन्य सात घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष कर्णबहादुर खड्काले बताए ।

यस्तै बिहिबारदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत बाह्रविसे–तातोपानी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । भोटेकोशी गाउँपालिका–२ स्थित दश किलो भन्ने स्थानमा भोटेकोशी नदीको करीब ७० मिटर सडक कटान गरेकाले खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

त्यस क्षेत्रमा दैनिक पानी परेकाले नदीको वहाव वढी रहेको हुदा काम गर्न समस्या उत्पन्न भएको छ । 

भित्तो काटेर सडक बनाउन माथि रहेको वस्ती जोखिममा पर्ने हुँदा त्यसलाई समेत ध्यानमा राखी सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ