arrow

गाजामा सन् २०१४ यताकै ठूलो हमला 

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
israel1.jpg

काठमाडौं । हमास लडाकु समूहविरुद्ध गाजामा चार वर्षयताकै सबैभन्दा ठूलो हमला भएको छ ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको पुष्टि गरेका हुन् ।

इजरेलमा रकेटहरू प्रहार गरिएपछि जवाफी आक्रमण गरिएको बताउँदै उनले आवश्यक परे थप कारबाही गरिने समेत उल्लेख गरेका छन् ।

तर प्यालेस्टिनीहरूले युद्धविराम सहमति गरिएको बताएका छन् ।

गाजा शहरमा गरिएको हवाई आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएको बीबीसीले बताएको छ । 

इजरेलमा प्रहार गरिएका ९० भन्दा बढी रकेटमध्ये एउटाबाट तीनजना इजरेली घाइते भएका छन्।

रकेट प्रहारपछि इजरेलको जवाफी आक्रमण भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ