arrow

माथेमा आयोगको प्रतिवेदन पढ्नु भा’छ ? (पूर्णपाठसहित)

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
mathema-report.JPG

काठमाडौं । एक सत्याग्रही माथेमा प्रतिवेदनलाई हुबहु लागु गर सरकार भन्दै १५ औं पटक आमरण अनसनमा बसेर ज्यानलाई तिलाञ्जली दिँदैछन् । अर्कातिर प्रधानमन्त्रीदेखि सरकार र अधिकांश नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताहरु प्राडा गोविन्द केसीले गलत काम गरिरहेको आरोप लगाइरहेका छन् । 

गोविन्द केसीले चिकित्साशास्त्र सुधारको माग गर्दै यति लामो समयसम्म आमरण अनसन बसिरहँदा उनको स्वास्थ्य के भए होला । किन यसरी आफ्नो ज्यान हत्केलामा हालेर डा केसीले माथेमा आयोगकै प्रतिवेदनलाई हुबहु लागु गर्न भनिएको होला । 

सत्ताधारी (नेकपा) ले केसीलाई दुस्मन ठान्छ । तर केसीले दलविशेषलाई हेरेर आन्दोलन गरेका हैनन् । उनले त समग्र नेपालीलाई हेरेर आन्दोलन गरेका हुन् । 

उनलाई काँग्रेस भन्ने आरोप लगाएर नेकपाका नेता तथा कार्यकर्ताहरु बुरुक बुरुक उफ्रिरहेका छन् । तर तिनै केसी काँग्रेस नेतृत्वको सरकारका पालामा पनि आन्दोलनमै थिए । 

यस्तो लाग्छ अधिकांशले माथेमा आयोगको प्रतिवेदन पढेकै छैनन् । जसले पढेका छन् त्यस्ताका छोराछोरी पनि मेडिकल शिक्षा पढिरहेका छन् भने ती कम्युनिष्ट नै किन नहोउन् उनीहरुले डा केसीको प्रशंसा गरेका छन् । उनीहरुको भनाइ छ डा केसी नभएको भए मेरा छोराछोरीले डाक्टर पढ्नै नसक्ने रहेछन् । 

सांसदहरुले पनि यसबारे आवाज उठाउँछन् । (नेकपा)का सांसदहरुले पनि त्यो प्रतिवेदन नपढेरै अनावश्यक तर्क गरिरहेको आरोप लाग्ने गरेको छ । आखिर के छ प्रतिवेदनमा जसका लागि डा केसीले ज्यान फालिरहेका छन् । 
एकपटक पढेर पो मनन गर्ने हो कि –

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ