arrow

पूरा होला त ओलीको पानी जहाज सपना ?

भारत र नेपालका सहसचिवस्तरीय बैठक सुरु

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौं । नेपालले आफ्नै पानी जहाज सञ्चालन गर्नका लागि नेपाल र भारतका सहसचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । नेपालमा पानी जहाज सञ्चालन गर्नका लागि आवश्यक गृहकार्य सुरु गर्ने योजना सहित आइतरबार देखि बैठक सुरु भएको हो ।

बैठक पूर्णरुपमा पानी जहाजका विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए । ‘आज देखि बैठक सुरु भएको छ’ उनले भने, ‘पूर्ण रुपमा जल यातायातका विषयमा केन्द्रित रहेको बैठकमा भारतीय पक्षले पानी जहाज सञ्चालनका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।’

ती अधिकारीका अनुसार बैठकमा जल तथा उर्जा आयोग, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालका कोशी, गण्डकी वा नारायाणी नदीमध्ये तत्काल कुनै एउटा नदीमा पानी जहाज सञ्चालन गर्ने ठोस योजना बनाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जानकारी गराइने उनले बताए । बैठक सोमबार सम्म चल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ