arrow

भूमिसुधारका नासु ३० हजार घुससहित पक्राउ

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
pakrau-new.jpeg

पथरी मोरङ । भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई  ३० हजार घुससहित पक्राउ गरिएको छ ।

उनलाई अख्तियार दुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आइतबार विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक कार्कीले  ३० हजार घुससहित पक्राउ गरेको पुष्टी गरे । उनले भने – “भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा  ३० हजार नगदसहित पक्राउ गरिएको हो ।”

विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको बताइन्छ । तिनै व्यक्तिले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ