arrow

प्रचण्डले मुख खोले– ‘छविलाललाई मैले जेल जान भनेको हुँ, अदालतले निर्दोष प्रमाणित गर्ने छ’  

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
CM_prachnd.jpg

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी कोष्ठमा छुट्टा–छुट्टै (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा कारागार चलान भएका छविलाल पौडेल निर्दाेष भएको बताएका छन् । 

गृहजिल्ला चितवनको भरतपुर, पटिहानीमा भएको कार्यक्रममा दाहालले छविलाल निर्दोष भएको जिकिर गरे । उनले भनेका छन्, ‘हाम्रो विचारमा उहाँ निर्दाेष हुनुहुन्छ । केही दिनभित्र अदालतले पनि यही कुरा प्रमाणित गर्ने छ । हामीले विश्वास  लिएका छौं, उहाँ निर्दोष सावित हुनुहुनेछ ।’ दाहालले निर्दोष भनेका छविलाल आफै अदालतमा आत्मसमर्पण गर्न पुगेका थिए । तीन वर्षअघि सर्वोच्चले गरेको फैसलाको लिढो गरी पालना गरेका छविलालविरुद्धको मुद्दा  चितवन जिल्ला अदालतमा विचाराधिन छ । 

अध्यक्ष दाहालले भनेको कुरालाई हल्का रुपमा भने लिन नहुने बताइँदैछ । फुजेल हत्या प्रकरणको छानविनबारे जानकारहरु भन्छन्, ‘जिल्ला अदालतका पूर्व न्यायाधीशहरु र प्रहरी मिलेर मुद्दा कमजोर बनाएका छन् । छानविन फितलो छ । यो गंगामायाको अनशन तोड्ने एउटा प्रयोग मात्रै हो ।’ दाहालले भनेजस्तै छविलाल फेरि छोडिन सक्छन् ।   

तर, दाहालले आफुले नै छविलाललाई जेल जान भएको कुरा खोलेका छन् । उनले भने, ‘लोकतन्त्रमाथि नै प्रश्न चिह्नखडा हुन्छ कि भन्ने कुरा सञ्चारमाध्यम र अधिकारकर्मीले उठाईरहे त्यसैले मैले नै जेल जान भनेको हुँ ।' 

‘लोकतन्त्रको अभ्यासमा कही कतैबाट प्रश्न उठ्न नपाओस् भनेर हामीले छविलाललाई सर्वाेच्च अदालतमा हाजिर हुन भन्यौं । उहाँ अहिले डिल्लीबजारको खोरमा हुनुहुन्छ’ दाहालले भनेका छन् । उनले अदालतमा विचाराधीन मुद्दाबारे सार्वजनिक समारोहमा निर्दोष सावित गर्ने कुरा बोलेका छन् । २०६१ जेठ २४ गते गोरखा फुजेलका कृष्ण अधिकारीको चितवन रत्ननगरमा तत्कालीन माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए ।

हत्याविरूद्ध कृष्णप्रसादका दाजु नुरप्रसाद अधिकारीले २०७० चैतमा गोरखाकै छविलाल पौडेललगायत १३ जना विरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । जिल्ला र पुनरावेदन अदालतले सबैलाई तारेखमा छाड्न भने पनि तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले मानव अधिकार आयोगको सिफापिस स्वीकृत गरेर मुद्दा खोल्ने मार्ग प्रसस्त गरेका थिए । 

नभन्दै सर्वाेच्च अदालतले छविलाललाई पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो। तर, सर्वोच्चले आदेश दिएको ३ वर्षपछि मात्रै छविलाल अदालतमा उपस्थित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ