arrow

३३ किलो सुन काण्डका नाइके ‘गोरे’ का भाइ पक्राउ

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
gore-gold.jpg

काठमाडौं । ३३ किलो सुनकाण्डका नाइके चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती पक्राउ परेका छन् । उप्रेतीलाई  यूएई प्रहरीले संयुक्त अरब इमिरेट्स(यूएइ)को दुबईमा पक्राउ गरेको हो ।
 
दुबईमा व्यवसाय देखाएर सुन तस्करी तथा हुन्डीको कारोबारमा संलग्न उप्रेतीलाई दुबाईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ  ।  उप्रेतीलाई फरार प्रतिवादी बनाई जिल्ला अदालत मोरङमा मुद्दा दायर भइसकेको छ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि हुँदै आएको सुनतस्करीमा संलग्न मानिएका उप्रेती  विरुद्ध अन्तराष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ