arrow

डा केसी नौ किलो घटे, घटेन सरकारको पारा

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
dr-govinda-kc-emergency.jpg

जुम्ला। सरकार दयाहीन बन्दै गएको छ । १७ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बन्दै गए पनि सरकारले खासै चासो देखाएको छैन। उनलाई गलाएरै उनको आन्दोलनलाई निस्तेज पार्ने क्रुर नीतिमा सरकार अडिग देखिएको छ । 

उनको तौलसमेत ह्वात्तै घटेको छ । उनी नौ किलो घटेका छन् । जुम्ला पुग्दा ६५ किलो रहेका डा केसी अहिले ५६ किलो भएछन् । उनको शरीर घट्दा पनि सरकारको रिसको पारा घटेको छैन । 

सरकारले डा केसीलाई केही भए त्यसको जिम्मा नलिने बताएर अनुत्तरदायी जवाफ दिएको छ। सरकारको यो अनुत्तरदायी भनाइले जनस्तरमा आक्रोश बढ्दो छ। निषेधित क्षेत्र तोडिएको छ । जनस्तरबाट प्रदर्शन भएको छ। तर सरकार गलेको छैन। किनकि यो सरकार दुई तिहाईको समर्थनमा बनेको सरकार हो । 

चिकित्सा क्षेत्र सुधारको माग राख्नु नै डा केसीका लागि अभिषाप भयो । दुई तिहाइको बलमा बनेको सरकारले जे पनि गर्न पाइन्छ भन्ने मानसिकता पलाएको छ । 

अब भने जनस्तरमा डा केसीलाई पहिले बचाएर अनिमात्र आन्दोलन गर्नुपर्ने धारणा पनि आउन थालेको छ । 

उनको स्वास्थ्यमा निकै उतारचढाव आउपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। उनको स्वास्थ्यमा कुनै पनि बेला गडबडी हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

डा केसीलाई विभिन्न समस्याले आक्रमण गरिरहँदा भेन्टिलेटरमा जानुपर्ने अवस्था आउन सक्ने उपचारमा संलग्न डा पूजन रोकायाले बताएका छन् । 

डा केसीको घाँटीमा संक्रमणको खतरा बढेर गएको छ। औषधि लिनुपर्नेमा डा केसीले नमानेपछि समस्या भइरहेको छ । उनको मुटुको चालमा पनि उतारचढाव देखिएको छ।

मुटुको धड्कनमा देखिएको यो समस्या निकै डरलाग्दो संकेत हो। श्वासप्रश्वासमा बाधा, शरीर बाउँडिने, पिसाबमा किटोनको मात्रा बढ्ने, चक्कर लाग्ने समस्या कायमै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ