arrow

नगरपालिकाले बजेट सक्न रातारात काम गराउँदा करेन्ट लागेर युवकको मृत्यु

जनप्रतिनिधि आएपछि झनै बेथिति

logo
 रामचन्द्र रायमाझी 
प्रकाशित २०७५ असार ३२ सोमबार
current-killed.jpg

पाल्पा । काम गर्ने क्रममा करेन्ट लागेर पाल्पाको तानसेनमा एक युवकको मृत्यु भएको छ । आइतबार राति ९ बजेको समयमा टिपरको हाइड्रोलिक उठाएर बालुवा खसाल्ने क्रममा सडकमा रहेको बिजुलीको तारमा छोइँदा करेन्ट लागेको हो ।  

सहचालक समेत रहेका माथागढी–४ देउगिरका ३८ वर्षीय ताराबहादुर सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए  । 

तानसेन नगरपालिकाले सडक मर्मत गर्न लागेको तानसेन–३ वसन्तपुरमा उनलाई करेन्ट लागेको थियो । असार मसान्तभित्र बजेट सकाउने उद्देश्यले रातारात काम गर्न लगाउँदा दुःखद घटना भएको भन्दै सरोकारावाला निकायले विरोध गरेका छन् । 

तानसेनमा बजेट सक्न रातारात काम भएका छन् । बजेट सकाउने उद्धेश्यले भएका कामको गुणस्तर अत्यन्तै न्यूनस्तरको छ। नगरपालिकाले बनाएको बाटो तथा सडकको पीच १ महिना पनि टिकेन। सडकको पीच उक्किने र खाल्डाखुल्डी पर्न थालिसकेको छ।

सरोकारवाला निकाय भने पैसा मात्र सकाउने यि कामको गुणस्तरमा ध्यान नदिइ कानमा तेल हालेर र देखेको नदेख्यै झै बसेका छन्। जनप्रतिनिधि आएपछि झनै बेथिति थपिएको छ। अनुगमन गर्ने निकाय नै उदासिन देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ