arrow

इरानसँग जोडिने युरोपियन कम्पनीलाई अमेरिकाले प्रतिबन्ध लगाउने

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
US-Iran.jpg

काठमाडौं । अमेरिकाले इरानको विषयलाई लिएर युरोपियन कम्पनीहरुलाई प्रतिबन्ध लगाउने निर्णय फिर्ता नलिने भएको छ । युरोपियन युनियन (ईयू)ले यो मामिलामा ईयूका कम्पनीहरुलाई कुनै प्रतिबन्ध नलगाउनका लागि गरेको आग्रह अमेरिकाले अस्वीकार गरेको हो । 

युरोपियन मुलुकहरुलाई लेखेको पत्रमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अहिले अमेरिका इरानमाथिको प्रतिबन्ध थप बढाउने योजनामा रहेको कारण युरोपियन युनियनको अग्रह अस्वीकार गरिएको जानकारी दिएका छन् । 

युरोपियन कम्पनीहरुले अमेरिकाको राष्ट्रिय सुरक्षामा विशेष चासो देखाएको अवस्थामा मात्र उनीहरुलार्इ केही छुट दिन सकिने अमेरिकाले बताएको छ । ईयूले भने अमेरिकाले अहिले ल्याएको नयाँ प्रतिबन्धले अर्बौं डलरको व्यापारमा नोक्सानी पुग्नसक्ने बताएको थियो । इरान सम्झौताबाट बाहिरिएसँगै इरानमाथि थप प्रतिबन्धका विभिन्न याेजनाहरु ल्याइसकेकाे छ । 

अमेरिकाले कुनै विशेष कारण भएमा मात्र कुनै कम्पनीलाई छुट दिन सकिने बताएको छ । गएको मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा भएको इरान सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । अमेरिकाको यो निर्णयको विपक्षमा अहिले फ्रान्स, जर्मनी तथा बेलायतजस्ता मुलुकहरु पनि रहेका छन् । 

युरोपका केही ठुला कम्पनीहरुले तीन वर्षअघि इरानमाथिको प्रतिबन्ध हटेसँगै इरानसँग महत्वपूर्ण व्यापारिक सम्झौता गरेका थिए । सन् २०१७ मा ईयूले इरानबाट १० अर्ब ८० करोड युरोबराबरको सामग्रीहरु निर्यात गरेको थियो भने १० अर्ब १० करोड युरोको सामग्रीहरु आयात गरेको थियो । यो नतिजा अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो । 

इरानियन सम्झौताबाट अमेरिका बाहिरिएसँगै युरोपियन व्यवसायीहरु भने चिन्तित देखिएका छन् । आगामी अगष्ट ६ देखि अमेरिकाको इरानमाथिको प्रतिबन्धको पहिलो चरण सुरु हुनेछ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ