arrow

को को छन् पुटिन र ट्रम्पको प्राथमिकतामा ? 

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
trump-putin2.jpg

काठमाडौं । विश्वका कुनै पनि मुलुकको लागि निश्चित मुलुकसँगको सम्बन्ध निकै महत्वपूर्ण हुन्छन् । जसको कारण मुलुकका सरकार प्रमुखले अर्को मुलुकसँगको सम्बन्ध थप बलियो होस् भन्नका लागि नियमितरुपमा सम्पर्क गरी जानकारी लिने गर्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेयता ४० देशका नेताहरुलाई २ सयभन्दा धेरैपटक फोन गरिसकेका छन् । यस्तोमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ५० देशका नेताहरुलाई करिब १९० पटक फोन गरेका छन् । भारतले रसिया र अमेरिकालाई आफ्नो नजिकैको सम्बन्ध रहेको मुलुक बताउँदै आएको भए पनि दुवै मुलुकका प्रमुखकहरुको सबैभन्दा धेरै फोन कल हुने नेताको पाँचौं सूचीसम्म पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पर्दैनन् । 

रसियन राष्ट्रपति पुटिनले नाटो समस्य मुलुक टर्कीका राष्ट्रपति रिसेप टेइप इर्डोगनलाई सबैभन्दा बढी २७ पटक फोन गरेका छन् । ट्रम्पले भने फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोनलाई सबैभन्दा बढी २५ पटक फोन गरेका छन् । त्यसैगरी ट्रम्पको सबैभन्दा धेरै फोन हुने नेताहरुमा बेलायती प्रधानमन्त्री थेरेसा मे, जापानी प्रधानमन्त्री सिन्जो अवे, दक्षिण कोरियाका राष्ट्रपति मून जाइ इन तथा साउदी अरेबियाका राजा सलमान रहेका छन् । 

पुटिनको सबैभन्दा बढी फोन हुने नेताको सूचीमा काजगिस्तानका राष्ट्रपति नुरसुल्तान नजरवायभ, फ्रान्सका राष्ट्रपति म्याक्रोन, जर्मन चान्सलर एन्जेल मर्केल र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु रहेका छन् । 

ट्रम्प र पुटिनले भने एकआपसमा ८ पटक फोनवार्ता गरेका छन् । ट्रम्प अमेरिकाको राष्ट्रपति बनेर पदभार सम्हाल्ने क्रममा पुटिनले फोन गरेर बधाइ दिएका थिए । सो क्रममा उनीहरुको बीचमा करिब एक घण्टा वार्ता भएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ