स्थिति नाजुक भए डा. केसीलाई जुम्लाबाट उठाउने सरकारको तयारी
प्रकाशित २०७५ असार ३२ सोमबार
169
Shares
काठमाडौं । सरकारले १५ औं पटक शिक्षा क्षेत्रको सुधारको लागि अनरसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भए जस्तोसुकै अवस्थामा पनि उपचार गराउने तयारी गरेको जनाएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार डा. केसीको विषयमा गम्भीर रहेको बताए।
केसीप्रति सरकार अनुदार रहेको भन्दै आलोचना भइरहेको अवस्थामा शिक्षामन्त्री पोखरेलले केसीको अवस्था नाजुक भएको जानकारी पाउनासाथ उनलाई काठमाडौं ल्याएर उपचार शुरु गरिहाल्छौ।
सरकारले हेलिकप्टर पठाएर भएपनि उनलाई काठमाडौं ल्याउने तयारीमा रहेको पनि बताए।
केसीले सरकारले उपलब्ध गराएको सेवा तथा उपचार लिन अस्वीकार गरेको कारण उनको स्वास्थ्य कमजोर बन्दै गएको पोखरेलले बताए ।
साथै केसीको माग पूरा गर्नका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि वार्ता टोली बनाउने तयारी गरिरहेको उनले बताए ।