arrow

केसीको समर्थन गर्ने चिकित्सकहरुलाई कारबाही गर्ने सरकारी तयारी

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
kp-oli-presents-n.jpeg

काठमाडौं । शिक्षा क्षेत्रको सुधारका लागि १५ औं पटक अनसन बसिरहेका शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रने सरकारी चिकित्सकहरुलाई सरकारले कारबाहीको तयारी गरेको छ ।

केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो तयारी गरेको हो ।
 
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पछिल्लो समय वर्षाको कारण बिरामीहरुको चाप अस्पतालमा बढेको अवस्थामा चिकित्मकहरुले सेवा ठप्प पारेको भन्दै कारबाहीको तयारी गरिएको बताए ।

अत्यावश्यक सेवाका डाक्टरहरु हडताल तथा विरोधमा उत्रिए सरकार चुप लागेर नबस्ने उल्लेख गर्दै चेतावनीको शैलीमा उनले भने- त्यो अवस्थामा सरकारी डाक्टरहरु कारबाही भोग्न तयार हुनुहोस । सरकार आफ्नो कोर्षमा अघि बढ्छ ।   

सरकारले सोमबारनै मन्त्रीपरिषद् बैठक गरि केसीको मागको बारेमा उनि तथा उनका पक्षसँग वार्ता गर्न वार्ता समिति गठन गर्ने तयारी गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ