arrow

नीलकण्ठ उप्रेती भारतको लागि राजदूत सिफारिस, बैठक नसकिंदै निर्णय बाहिरियो 

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
nilkantha-up-news.jpeg

काठमाडौं । सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतको लागि नेपाली राजदूत सिफारिस गरेको छ । यस्तै, सरकारले मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उनले मन्त्रिपरिषदको बैठक नसकिँदै निर्णय बाहिर चुहाए । बैठक सकिएको सिएन । अगाडि नै बैठकबाट बाहिरिए । सरकारले ताेकेका प्रवक्ताले याे निर्णय सुनाउन बाँकी छ । 

बैठकले गरेका थप निर्णय आउन बाँकि छन् । उप्रेती र पाण्डेको नाम सिफारिस गरेको कुरा परराष्ट्रमन्त्रीले सुनाए । अब उप्रेती र पाण्डेको नाममा संसदीय सुनुवाई हुनेछ । संसदीय सुनुवाईपछि एग्रिमोको लागि सम्बन्धित देशमा पठाइने छ ।

पाण्डे यसअघि साउदी अरेबियाको राजदूत भइसकेका छन् । भारतको राजदूत रहेका दीपकुमार उपाध्याय चुनावका लागि फर्किएपछि भारतमा राजदूत रिक्त छ । मलेसियामा पनि निरञ्जनमानसिंह बस्न्यात फर्केपछि खाली छ । अहिले मेलेसियामा कामदार पठाउन रोकिएको अवस्था छ । राष्ट्र संघको स्थायी प्रतिनिधि र यूएईको राजदूत पद पनि खाली छ । 

राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि सरकारले छनौट गर्न सकेको छैन । सरकारले परराष्ट्र सचिव शंकर बैरागीलाई राष्ट्रसंघको स्थायी प्रतिनिधिको रुपमा पठाउने चाहाना राखेको थियो । तर, बैरागीले आफु त्यो पदमा नजाने बताएपछि सरकारले निर्णय लिन सकेको छैन । 

सरकारले केही दिन पहिले मात्रै राष्ट्र संघको स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ