arrow

विश्वकप हेर्दा हेर्दै दुई बालक गायब

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
woldcups.jpg

इलाम। विश्वकप फुटबल हेर्दाहेर्दै दुई जना बालक हराएका छन् । देउमाई नगरपालिका वडा नम्बर ९ इलामका गोपिकृष्ण गिरीका १८ वर्षीय छोरा भीष्म गिरी र फडिन्द्र लिम्बुका ९ वर्षीय छोरा निसामहङ लिम्बु फुटबल हेरेर फर्किदा गत बुधबार देखि हराएका हुन् ।

निसामहङ लिम्बुका बुवा फडिन्द्र लिम्बुका अनुसार उनीहरु फुटलबल हेरेर सुते । त्यसपछि बिहान उठेर आफ्नो आफ्नो घर जाने भन्दै त्यहाँबाट हिँडेका र त्यही बेला देखि बेपत्ता रहेका छन् । ‘हामी सुत्न गएका थियौं’ लिम्बुले सोमबार भने, ‘फुटबल हेरेर सुतेपछि विबहान आ–आफ्नो घर जानको लागि भन्दै आफुबाट छुट्टिएका उनीहरु आजसम्म फेला परेका छैनन् ।’

उनले शुक्रबार बिहान विर्तामोडमा कसैले देखेको तर, कुनै कामले विर्तामोड आएका हुन भन्ने सोचेर त्यतिबेला समात्ने प्रयास नगरेको बताए । दुबै जनलाई खोज्नका लागि प्रहरीलाई खबर गरिएको छ । त्यस्तै समाजिक सञ्जाल फेसबुकमार्फत समेत खोज्नको लागि आह्वान गरिएको छ । लिम्बुले दुबै जना भारत गएको हुन सक्ने अनुमान गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ