arrow

कस्तो संयोग : हिमाञ्चलको धार्मिक यात्रामा रहेकै बेला भारतको राजदूत सिफारिस 

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
nilkhantha1.JPG

काठमाडौं । सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतको लागि नेपाली राजदूत सिफारिस गरेको छ । संयोग सरकारले सिंहदरबारमा भारतका लागि राजदूत रिफारिस गर्दै गर्दा नीलकण्ठ भने भारतको हिमाञ्चल  प्रदेशका धार्मिक स्थल घुमिरहेका छन् । 

हिमाञ्चलबाट फोनमा कुरा गर्दै उनले भने, ‘के खुसीको कुरा हो । म त कहाँ भनौँ, भारतको हिमाञ्चलमा रहेका विभन्न पीठहरुको दर्शनमा निस्केको छुँ ।’ 

उप्रेतीको मोवाईल निकैबेर व्यस्त थियो । व्यस्त भएको जानकारी समेत अंग्रेजी र हिन्दीमा आईरहेको थियो । फोन उठ्नासाथ हर्षित स्वर सुनियो । आफु राजदूत सिफारिस भएको कुरा उनले पाहा पाईसकेको भएपनि नथाहापाएको झैँ गरे । 

उनले भने, ‘ए ए हाे र ?, यो त खुसीको कुरा हो ।’ धार्मिक यात्रा मात्रै हो कि ? अन्य विशेष काम थियो ? हाँस्दै उनले भने, ‘धार्मिक यात्रा हो ।’    

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गरेको हो । अब उप्रेतीेको नाममा संसदीय सुनुवाई हुनेछ । संसदीय सुनुवाईपछि एग्रिमोको लागि सम्बन्धित देशमा पठाइने छ । भारतको राजदूत रहेका दीपकुमार उपाध्याय चुनावका लागि फर्किएपछि भारतमा राजदूत रिक्त छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ