arrow

सरकारी टोली र डा. केसी पक्षधर वार्तामा 

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
dr-govinda-kc-emergency.jpg

काठमाडौं । १७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीपक्षधर र सरकारी टोलीबीच वार्ता सुरु भएको छ । डा. गोविन्द केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहका अनुसार दुवै पक्षबीचको वार्ता सुरु भएको छ ।

शिक्षामन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा सरकारी पक्षबाट गृह र स्वास्थ्यका सह–सचिव सहभागि भएका छन् । डा. केसीका तर्फबाट बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल र डा. अभिषेकराज सिंह लगायत सहभागि भएका छन् । यो वार्ता अबेरसम्म चल्ने बताईएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियाे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ