arrow

केन्द्र सरकारले जनकपुर उपमहानगरको नाम फेर्‍यो

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
PMO.JPG

काठमाडौं । सरकारले जनकपुर उपमहानगरपालिकाको नाम फेरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।

जनकपुर उपमहानगरको नाम जनकपुरधाम उपमहानगरपालिका राख्न प्रस्ताव गरिएको थियो । अब जनकपुरको पछाडि धाम जोडिएको छ । सोमबारै बसेको मन्त्रिपरिषदले केही स्थानीय तहको केन्द्र समेत फेरेको छ । धादिङको थाक्रे गाउँपालिकाको केन्द्र महादेवबेशी कायम भएको छ भने दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातमाटे लगिने निर्णय भएको छ । 

पर्साको विन्दाबासिनी गाउँपालिकाको केन्द्र पर्साैनीधामा राखिएको छ । बैठकले राष्ट्रिय युवा परिषद्का सबै जिल्ला समितिहरु जिल्ला समन्वय समिति मातहतमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाका विद्यालयहरुको पुनःनिर्माणका लागि एसियाली विकास बैंकको ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

श्रमिक र कर्मचारीको पारिश्रमिक एवंम वित्तीय सुविधा बैंक खातामार्फत दिईनुपर्र्ने  निर्णय गरेको बैठकले मंगलबार अर्थात् साउन १ बाटै लागू हुने, भनेको छ । 

निजी क्षेत्रका उद्योग, प्रतिस्ठान तथा अन्य रोजगारदाता कम्पनीहरुले ढिलोमा असोज महिनाभित्र कामदार, कर्मचारीलाई अनिवार्य रुपमा बैंक खातामार्फत पारिश्रमिक सुविधा उपलब्ध गराउनुपर्ने निर्णय किटेरै गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ