arrow

नेपाली फिल्मकाे हिसाब खुल्ला : लाखको व्यापार गरेर करोडका गफ हाँक्ने दिन गए

गोलमाल गरेर 'मुर्गा' फसाउनेलाइ पनि कठिन

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
box.jpg

काठमाडाैं । मंगलबारदेखि काठमाडौं उपत्यकाका फिल्म हलमा बक्स अफिस सिस्टम लागू हुने भएको छ । तत्काल उपत्यकाका २० हलमा लागू हुनेछ । योसँगै हलवाला र वितरक मिलेर हिसाब गोलमाल गरे भन्ने निर्माताको गुनासो अन्त्य हुने विश्वास गरिएको छ । 

यस्तै, केही लाखको आम्दानी गरेको फिल्मले समेत करोडौंको व्यापार गरेको प्रचार गर्ने प्रवृत्तिको पनि अन्त्य हुने बताईएको छ । 

बक्स अफिससँगै पहिलो पटक नेपाली फिल्म व्यवस्थित रूपमा राज्यको कर प्रणालीमा पनि जोडिने छ । यो नयाँ व्यवस्थापछि प्रत्येक हलका सबै प्रदर्शनको दर्शक संख्या, बिक्री भएको टिकट र जम्मा भएको रकमको सूचना बक्स अफिस सेन्टरमा जम्मा हुनेछ । निर्माताले एकै पटक आफ्नो फिल्मले कमाएको हरहिसाब छर्लङ्ग हेर्न पाउँनेछन् । 

काठमाडौं उपत्यकाभित्रका सिंगल स्क्रिन र मल्टिप्लेक्स गरी झन्डै पाँच दर्जन थिएटर छन् । उनीहरुले गर्ने टिकट बिक्रीलाई सरकारले बक्स अफिस प्रणालीमार्फत अब करको दायरामा कसेको छ । चलचित्र विकास बोर्डले बक्स अफिस प्रणाली जडानका लागि ब्रेन डिजिट आईटी सोलुसनलाई जिम्मा दिएको छ । 

बोर्डले गएको वैशाखमै बक्स अफिस लागू गर्ने सम्बन्धि निर्णय गरेको थियो भने परीक्षणको आह्वान समेत वैशाखमै गरेको थियो । परीक्षणपछि बल्ल बक्स अफिस व्यवहारमा आउन लागेको हो । 

चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले, ‘कतिपय मल्टिप्लेक्समा पहिल्यैदेखि आन्तरिक रूपमा बक्स अफिस थियो । अब ती सफ्टवेयरका कोड पनि एकद्वार अर्थात् मूल प्रणालीमै जोडिनेछ । सिंगल स्क्रिन थिएटरमा बोर्ड आफैंले सफ्टवेयर जडान गरिदिएको छ’ भनेका छन् । अब देखि फिल्मले गरेको साँचो व्यापार थाहा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ