arrow

महाकाली र सेती नदीमा पानीको बहाब बढ्ने

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
mahakali.jpg

काठमाडौं । वर्षाका कारण मंगलबार महाकाली तथा पश्चिम सेती नदी जलाधारमा बहाब बढ्ने देखिएको छ । बाढी पूर्वानुमान शाखाले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार सुदुरपश्चिमका पहाडी क्षेत्र –बझाङ, बाजुरा, दार्चुला, अछाम, दैलेख, डडेलधुराबाट प्रबाह हुने स–साना खोलानालामा आकस्मिक बहाब आउन सक्नेछ । 

अन्यत्र देशैभरका खोलानाला सामान्य रहने पनि शाखाले जनाएको छ । शाखाले आगामी ३ दिन ठूलो विपद्को सम्भावना नरहेको पनि जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ