arrow

उता ट्रम्प र पुटिनबीच वार्ता यता जासुस रुसी महिला अमेरिकामा पक्राउ

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
maria-butina.jpg

काठमाडौं । जासुसी गरेको आरोपमा एक रुसी महिला अमेरिकामा पक्राउ परेकी छिन् । रुसी सरकारको एजेन्टका रुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ ।

मारिया बुटिना नामकी जासुसले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । उनी रुसी सरकारको उच्च अधिकारीहरुको निर्देशनमा काम गरिरहेकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डको हेल्सिन्कीमा भएको वार्ताको केही समयपछि नै मारिया पक्राउ परेकी हुन् ।

मारिया पक्राउ परेको विषय अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको अनुसन्धानसँग संलग्न नरहेको बताइएको छ ।

ट्रम्पले निर्वाचनमा रुसको कुनै सहयोग नरहेको बताउँदै आएका छन् । मारियाको पक्राउले भने अनुसन्धानमा थप सघाउ पुग्ने विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ