arrow

राहुल गान्धीको मोदीलाई पत्र

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
modi-rahul2.jpg

काठमाडौं । भारतमा अर्को वर्ष आम निर्वाचन हुँदै गर्दा दलहरुबीचको आरोप प्रत्यारोप र जनतालाई आफूतिर आकर्षित गर्ने क्रम जारी रहेको छ । यसै अवसरमा प्रमुख प्रतिपक्षी दल काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन् । 

उनले जुलाई १८ (साउन २ गते) देखि अगष्ट १० (साउन २५ ) सम्म चल्ने संसदको मनसुन सत्रमा संसदमा महिला आरक्षण बिल ल्याउनका लागि उनले चिठी लेखेर सल्लाह दिएका छन् । 

उनले चिठीमा यदि महिला आरक्षणको बिल ल्याए काँग्रेसले बिना सर्त समर्थन गर्न तयार रहेको पनि बताएका छन् । 

मोदीले हालै उत्तर प्रदेशको एक र्यालीलाई संवोधन गर्ने क्रममा काँग्रेसलाई महिला विरोधी पार्टी बताएका थिए । त्यसको जवाफमा राहुलले मोदीलाई पत्र लेखेर चेतावनी दिएका हुन् । 

राहुलले पार्टी राजनीतिबाट माथि उठ्ने र महिलाका लागि केही गर्ने समय आएको समेत बताएका छन् । 

महिला आरक्षण बिल ९ मार्च २०१० मा भारतीय जनता पार्टीको समर्थनमा पास भएको थियो । विपक्षी दलका नेता अरुण जेट्लीले समेत यसलाई ऐतिहासिक बताएका थिए । तर यसपछि पनि काँग्रेसले भाजपासंग यसबारे कुरा गर्दा भाजपाले विरोधमात्र गरिरह्यो । 

भाजपाले यो मुद्दालाई सन् २०१४ मा आफ्नो घोषणापत्रमा सामेल समेत गरेको थियो । काँग्रेसले भने अहिले यो बिलको समर्थनमा ३२ लाख मानिसको हस्ताक्षरसमेत जम्मा गरेको छ । 

काँग्रेसले यो बिल तत्काल पारित भए आगामी चुनावमा महिला सहभागीता बढ्ने बताएको छ । 

सन् २०१० मै लोकसभा र विधानसभामा महिलालाई ३३ प्रतिशत आरक्षण दिने बिल पास भएको थियो । तर लोकसभामा दलहरुको भारी विरोधबीच यो बिल अड्किएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ